Logo
Logo

प्रहरीमा मुद्दा दर्ता हुने दर घट्यो 


1.1k
Shares

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा प्रहरीमा मुद्दा दर्ता हुने दर घटेको छ । आर्थिक वर्ष २०८०/८१ को तुलनामा १.२३ प्रतिशतले मुद्दा दर्ताको दर घटेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार भएको पत्रकार सम्मलेनमा प्रवक्ता तथा डीआईजी बिनोद घिमिरेले आर्थिक वर्ष २०८१/८२ मा मुद्दा दर्ताको दर घटेको जानकारी दिए । 

आर्थिक वर्ष २०८०/८१ मा देशभरका प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको सङ्ख्या ५९ हजार २०३ थियो । तर आर्थिक वर्ष २०८१/८२ मा भने यो सङ्ख्या घटेर ५८ हजार ४७२ मा झरेको उनले बताए ।

पछिल्लो आर्थिक वर्षमा उकालो लागेको अपराधको ग्राफ आर्थिक वर्ष २०८१/८२ मा भने केही घटेको हो । यसअघि आर्थिक वर्ष २०७८/७९ मा ४६ हजार ९०२ र आर्थिक वर्ष २०७९/८० मा ५६ हजार ३२३ वटा अपराधका मुद्दा प्रहरी कार्यालयमा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्