Logo
Logo

पूर्वराष्ट्रपतिलाई देशकै अभिभावकको भूमिकामा फर्कायौँ : शङ्कर पोखरेल


3.7k
Shares

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता सम्मानका लागि नवीकरण नगरेको जिकिर गरेका छन् ।

लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घद्वारा काठमाडौंमा आयोजित जातीय घटक सङ्घहरूको विस्तारित बैठकमा आइतबार सम्बोधन गर्दै उनले नवौँ केन्द्रीय कमिटी बैठकमा सञ्चारमाध्यम र सामाजिक सञ्जालको हल्लाका कारण पूर्वराष्ट्रपतिको सदस्यता नवीकरणको विषयले प्रवेश पाएको उल्लेख गरे । उनले पूर्वराष्ट्रपति जस्तो सम्मानित व्यक्ति सक्रिय पार्टी राजनीतिमा संलग्न हुनु उपयुक्त नहुने तर्क गरे । 

‘हल्लाकै कारण विषय पेचिलो बनेपछि केन्द्रीय कमिटीले छलफल गरी निष्कर्षमा पुग्नुप¥यो,’ उनले भने, ‘पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राष्ट्रको अभिभावकीय भूमिकामा राख्नुपर्छ भन्ने पार्टीको निष्कर्ष हो ।’ पोखरेलका अनुसार भण्डारीले नै सक्रिय राजनीतिमा फर्कने जोडबल गरेपछि विषय जटिल बनेको हो ।

उनले राष्ट्रपतिबाट बिदा भएपछि भण्डारीले सदस्यता नवीकरण प्रक्रिया अघि बढाएको तर पार्टीको पछिल्लो केन्द्रीय कमिटी बैठकले उक्त प्रक्रिया विधिसम्मत नभएको ठहर गर्दै रद्द गरेको बताए । ‘अब उहाँ राष्ट्रिय व्यक्तित्व र अभिभावकका रूपमा रहनुहुनेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्