Logo
Logo

टेरामक्स प्रकरण: दिगम्बर झालाई तीन लाख धरौटीमा छोड्न अदालतकाे आदेश


945
Shares

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद अनियमिततामा मुछिएका तत्कालीन अध्यक्ष दिगम्बर झालाई तीन लाख धरौटीमा छोड्न आदेश दिएको छ ।

आइतबार न्यायाधीशद्वय नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले थुनछेक बहसपछि झालाई तीन लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा खरिदमा अनियमितता भएको भन्दै उनीसहित १९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०८० साल चैत १५ गते मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्