वर्तमान परिवेशमा नेपालको कम्युनिस्ट आन्दोलन अहिले इतिहासकै गहिरो मोडमा उभिएको देखिन्छ । यो परिस्थिति आधारभूत तहमा वैचारिक अस्पष्टता वा संगठनात्मक अस्तव्यस्तताले सिर्जना गरेको अवस्था होइन । नेतृत्वको चरित्रले खडा गरेको गहिरो संकट हो ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई व्यक्तिगत प्रभाव र सत्ताकेन्द्रित निर्णयको घेरामा बाँध्दा माक्र्सबादको आदर्शलाई लात हान्ने प्रवृतिका कारण असन्तुष्ट वैचारिक र पुराना नेताहरू मौन र गम्भीर पीडामा बस्न बाध्य छन् । यस्ता घेराबन्दी तोड्ने साहस र दुरदृष्टि राख्ने पात्रहरू अहिले मुलतः सबै पार्टीभित्र खोजिँदै छ । अतः त्यो साहस र हिम्मत कसैले देखाए वा आफ्नोबिरुद्ध कसैको अनुयी बनेमा खुल्लम खुल्ला कथित कार्बाहीमा परिने च्यालेन्जको सामना गर्नुपर्ने हुन्छ ।
कम्युनिस्ट पार्टीलाई लोकतान्त्रिक बनाइयो तर मुख्तियारी प्रथाबाट चलाउन खोज्दा समाजबाद त कहाँ हो कहाँ वर्तमान ब्यबस्थामाथि नै व्यापक जनआक्रोश चुलिने सम्भावना बढ्दै छ । त्यसकारण पार्टीभित्र पनि आन्तरिक बहस र स्वस्थ्य प्रतिस्पर्धा नै लोकतन्त्रकोको मुलमर्म हो भन्ने भाव नेतृत्व तहको बुझाइ हुनुपर्दछ । त्यसैअनुरुप चल्नुपर्ने नेतृत्वको दायित्व पनि हो ।
तर, यहाँ त खुल्लम खुल्ला मुलधारका नेताहरु एउटा म माओ हुँ भन्छन्, अर्को म जिबित स्टालिन हुँ भन्छन् । आदरणीय कमरेडहरु तपाईंहरुका ब्यक्तिगत रहरले स्टालिन र माओ हुन सकिन्न ? थुतुनो ठिक ठाउँमा प्रयोग गर्नुहोला । नकी, लोकतान्त्रिक मुलुकका नागरिकले यस्ता भाष्य पत्याउँदैन ? दुःख गरेर निर्माण गरिएको पार्टी बिग्रँदा टुलुटुलु हेरेर बस्न नसकिंँदोरैछ ।
यसै सन्दर्भमा बामपन्थी आन्दोलनको आणबिक भट्टिबाट निर्माण भएका केही थान बैचारिक राष्ट्रिय राजनीतीमा प्रभाव पार्न सक्ने हैसियतका हँसिया हथौडाहरु बिद्या भण्डारी, झलनाथ खनाल, घनश्याम भुसाल, जनार्दन शर्मा, नेत्रबिक्रम चन्द (बिप्लब) अझ जिम्मेवार भुमिकामा ल्याउन सके क. सीपी मैनाली, सीपी गजुरेललगायत समाजबादी सपना बोकेर कम्युनिष्ट आन्दोलनमा होमिएका तर हाल भुमिकाबिहीन अवस्था गुजारिरहेका नेतृत्वले एकमुष्ट आँट गर्न सके संघीय प्रतिनिधिसभामा १३२ सिटमा खुम्चिएको कम्युनिष्ट जनप्रतिनिधि संख्या तपाइँहरुको एकताले बामपन्थीमय र निर्णायक बन्न कसैले रोक्न सक्दैन । प्रगतिशील नेतृत्वप्रति जनता अहिले पनि उत्तिकै आसाबादी छन् ।
नेकपा एमालेकी पुर्वउपाध्यक्ष क. विद्यादेवी भण्डारीलाई आज ‘आईकन लेडी’को उपमा दिइएको छ । किन ? केही समयदेखि लोप हुँदै गएको एमाले भित्रको आन्तरिक लोकतन्त्रलाई नवौं केन्द्रीय कमिटीको बैठकबाट पुनर्जीवन दिने साहस देखाएकै कारण पनि उहाँप्रति थुप्रै नेता कार्यकर्ताको सहानुभूति बढेको हो । उहाँले बिगतमा आफू अड्डनेड्डमड्ड संघको केन्द्रीय अध्यक्ष र सांसद तथा मन्त्री भएकी बेला हरेक क्षेत्रमा महिला सहभागिताको तेत्तिस प्रतिशत अनिवार्य रुपमा संवैधानिक ब्यबस्था लागू गराउने प्रमुख भुमिका निर्वाह गरेकी महिला नेतृ हुन् उनी ।
एमालेको महिलामुखी आन्दोलनको अग्रपंक्तिबाट आएको मात्र होइनन्, राष्ट्रपतिका रूपमा राष्ट्रिय राजनीतिलाई नजिकबाट नियालेकी अनुभवशील पात्र पनि हुन् । अहिले परिस्थितिले उनलाई झनै फराकिलो राजनीतिक व्यक्तित्वको रूपमा पुनस्र्थापित हुने अवसर दिएको छ । विद्यादेवी बैचारिक र क्रान्तिकारी असन्तुष्ट महिला नेताहरूलाई संगठित गर्दै पार्टीभित्र महिला नेतृत्वको पुनर्जीवन गराउन सक्ने सामथ्र्य राख्छिन् । उनीले आफ्नो राजनीतिक पूँजीलाई केवल एउटा गुटको रक्षा होइन, सम्पूर्ण पार्टी सुधार र लोकतान्त्रिक अभ्यासको सुदृढतामा खर्च गर्ने हो भने त्यो नेकपाको इतिहासमै निर्णायक मोड हुनेछ ।
पुर्वप्रधानमन्त्री क. झलनाथ खनालको राजनीतिक जीवन नेपालमा सिँगो कम्युनिस्ट आन्दोलनकै एउटा जिउँदो इतिहास हो । जब ज नेकपा माले, एमालेमा, एउटा बिशाल बैचारिक र सांगठनिक संकट आउँथ्यो, त्यतिबेला उनको आवश्यता महसुस गरिन्थ्यो ।
माले कालमा २०३९ मा पार्टीभित्र बैचारिक उतारचढाव हुँदा सीपी मैनालीलाई हटाएर नेकपा मालेको माहासचिब २०४४ सम्म र अर्थात २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा देशब्यापी रुपमा नेकपा एमालेले हार बेहो¥यो र माधब नेपालले राजिनामा गरेपछि पुनः पार्टी माहासचिवको नेतृत्व गर्दै र बुटवलको आठौँ महाधिवेशनबाट नेकपा एमालेलाई बहुपदिय प्रणालीमा ढाल्दै पार्टी अध्यक्षको जिम्मेवारी सम्हालेका भद्रशालिन नेता झलनाथ खनाल, पार्टीभित्र नेतृत्व अभावको खडेरी हुन नदिने वैचारिक नेताको छवि बनाउँदै ऐतिहासिक र गौरवशाली संगठन नेकपा एमालेलाई उचित नेतृत्व प्रदान गर्दै सहमतिमै नेतृत्व हस्तान्तरण गर्ने लोकतान्त्रिक छवि प्रस्तुत गरेका नेतामा पर्दछन । उनी जबजका पक्षपोषक बहुलवाद र सहमतिमा विश्वास गर्ने नेताका रूपमा चित्रित छन् ।
२०४६ सालपछिको एमालेलाई वैचारिक गहिराइ र संगठनात्मक सुदृढतामा पु¥याउने नेतृत्वमा उनी अग्रपंक्तिमा थिए । छिमेकी राष्ट्र भारतले थाहै नपाइ प्रधानमन्त्री बन्न सफल मनमोहन पछिका बामपन्थी नेताहरुमध्ये यदि कोही छन् भने उनी नै हुन् । तर, पछिल्ला वर्षमा उनी स्वेच्छाचारी र कुण्ठा प्रवृत्तिले हावी भएको पार्टीभित्र ‘वृद्ध नेता’को भूमिकामा सिमित जस्तै देखिएका छन् । तर, आज त्यही अनुभव र वैचारिक परिपक्वताले उनलाई सुधारवादी धारको अगुवा बनाउन सक्छ ।
यदि उनी खुलेरै सहभागी र बहुलवादी नेतृत्व संरचनाको पक्षमा उभिए भने असन्तुष्ट नेताहरूका लागि साझा प्लेटफर्म निर्माण हुन सक्छन् । उनी पार्टीभित्र संवादको थालनी गर्न, वैकल्पिक दृष्टिकोणलाई संस्थागत बहसमा रुपान्तरण गर्न र युवा पुस्तालाई नेतृत्वको अवसर दिने नयाँ परिपाटी सिर्जना गर्न सक्षम देखिन्छन् । झलनाथको स्थिर र धैर्यशील स्वभावले तीव्र असन्तोष र गुटबन्दीमा फसेको नेकपालाई सन्तुलनमा फर्काउने पुल बन्न सक्नेछन् ।
झलनाथ र विद्या दुवैले बुझ्नुपर्ने सवाल के हो भने पार्टी सुधार भनेको यनकेन प्रकरण पार्टीलाई सत्ता भोगी बनाइ छाड्ने मनोरोगबाट मुक्त गराउनुपर्ने र पार्टी भनेको सत्ता र समिकरणको खेल होइन । यो राजनीतिक संस्कृतिको पुनर्जागरण हो भन्ने भाष्य स्थापित गराउन सके र राष्ट्रलाई शिस्टममा संचालन गर्न गराउन सकिन्छ भन्ने बिषयतर्फ उन्मुख गराउन सक्दा उहाँहरुले हाल मुलधारका प्रचण्ड र केपी ओली जस्ता शीर्ष नेताहरूको शक्ति केन्द्रित प्रवृत्तिलाई चुनौती दिँदै सहभागी र पारदर्शी प्रक्रियाको पक्षमा संयुक्त धारणा निर्माण गर्न सक्नुपर्छ।
झलनाथले वैचारिक बहस र संगठनात्मक संरचनामा सुधार ल्याउन नेतृत्व गर्न सक्छन् भने विद्यादेवीले पार्टीभित्रको अवहेलित शक्ति महिला र पार्टी निर्माण कार्यमा अहोरात्र खटेका तर गुटबन्दीका कारण सधँै छायाँमा पारिएका नेता कार्यकर्ता र जिम्मेवारीबिहीन पुर्वसांसद र मन्त्री प्राज्ञिक र बौद्धिक, बुद्धिजी, मजदुर, किसान, युवा बिद्यार्थी, महिला, पत्रकारलगायतलाई मदन भण्डारी फाउण्डेसनको प्लेटफर्म र कमिटिगत प्रणालीमार्फत सशक्त बनाउने अभियान चलाउन सक्नुहुनेछ ।
तर, के गर्नु राजपाठको निक्कै स्वादिलो चाख पाएकाहरुका अगाडि यो बाटो त्यति सजिलो भने छैन । प्रचण्ड र ओलीले दशकौं लगाएर निर्माण गरेका शक्ति सञ्जाल र वफादार तालिम प्राप्त गुटलाई चुनौती दिन गहिरो राजनीतिक साहस र आँट चाहिन्छ । नेकपा एमालेको नवौं केन्द्रिय कमिटीको बैठकमा एकजना केन्द्रिय सदस्यले एघारौं माहाधिवेसन आउनु कहिले हो कहिले चाकडीको प्रतिस्पर्धास्वरुप एघारौं महाधिवेशनको लागि पनि नेतृत्व चयनमा ओलीको नाम लिँदै अध्यक्षको टुङ्गो आजै लगाआँं भन्दै आफ्नो भनाई राखे । बिना प्रसंगका तर्क प्रस्तुत गर्ने केन्द्रिय सदस्यहरुसँग दया लागेर आयो ।
यस्तो प्रकृतिको सांगठनिक बुझाइ भएको ब्यक्तिबाट भोलिको नेतृत्वको आश कसरी गर्ने ? त्यही बैठकमा असहमति देखाउनेहरूलाई विगतमा जसरी गद्दार वा विघटनकारी फाटोबादी भन्ने आरोप लगाउन नेतृत्व पछि परेन । त्यस्तै प्रतिशोध आज या भोलि पनि हुनसक्छ ।
तर, मलाई बिश्वास छ यस्ता चुनौतीहरुबाट नै नयाँ राजनीतिक परम्परा जन्मिन सक्छ । २०६२/६३ को आन्दोलनताका जसरी आन्तरिक विभाजन पन्छाएर साझा उद्देश्यका लागि नेताहरू अघि सरे आज फेरि त्यस्तै ऐतिहासिक कदम आवश्यक पर्नसक्ने अबस्थाको सिर्जना नहोला भन्न सकिन्न ।
कारण आन्तरिक लोकतान्त्रिक विधिलाई हुर्किन नदिनु । तर, अब जगेडामा नै जिम्मेवारीबिहीन भएर बसेका सिनियरको मानमर्दन गर्दै जुनियरहरुको सांगठानिक भिडले सिनियरहरुलाई पुग्ने आघातका बाबजुद पनि सहेरै भएपनि बामपन्थीहरु केही न केही सिर्जशिल हुन्छन् र चुपलागेर बस्न सक्दैनन । चाहे जुनसुकै उमेर समुहका किन नहुन् । तिनिहरुले नै नयाँ आन्दोलनको सुनामी उठाउन सक्ने सामथ्र्य पनि राख्न सक्छन । युवापिँढीलाई पछि लगाउन पनि सक्छन् । युवालाई अग्रसर गराउनु क्रान्ति सफल हुनु हो ।
अन्ततः झलनाथ खनाल र विद्यादेवी भण्डारीका लागि यो अवसर व्यक्तिगत राजनीतिक पुनस्र्थापना मात्र होइन, कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवन दिने ऐतिहासिक जिम्मेवारी पनि हो । उनीहरूले आफ्नो अनुभव, नैतिक पूँजी र राजनीतिक दृष्टिलाई प्रयोग गर्दै पार्टीलाई सहभागी नेतृत्व, पारदर्शी निर्णय प्रक्रिया र सहमतिपूर्ण संस्कृतितर्फ डो¥याए भने मात्र नेकपा एमालेप्रति टुटफुट हुँदै निरासी जनतामा हराएको विश्वास फिर्ता गर्न सक्छन् । यदि उनीहरू निष्क्रिय रहे भने आजको कम्युनिस्ट आन्दोलन केवल व्यक्तिनिष्ठ गुटको दायरामा सिमित भएर इतिहासको फुटनोटमा सीमित हुने र भारत पश्चिम बंगालको संनिकटमा पुग्ने जोखिम अघि बढिसकेको कुरालाई नकार्न सकिन्न ।
झलनाथ र विद्यादेवी अगाडि बढे भने उनीहरू केवल असन्तुष्ट नेताहरूको आवाज मात्र बन्ने छैनन्; उनीहरू एउटा युगको सुधारवादी इतिहासकार पनि बन्नेछन् । प्रश्न छ– के उनीहरूले यो जिम्मेवारी उठाउने साहस गर्नेछन् ? अनि यो बैचारिक आन्दोलनको सारथीहरु को–को हुन सक्छन् त ?
क. घनश्याम भुसाल : घनश्याम माक्र्सबाद र जबजका प्रमुख ब्याख्याकार र पोख्त नेपाली माक्र्सबादी पण्डित हुन् । उनको प्रशिक्षणले जबज र माक्र्सवाद सहजै बुझाउन र प्रशिक्षण दिन सक्ने कला र खुबी भएका जनप्रिय नेता र प्रशिक्षक पनि हुन् । उनी एउटा कम्युनिस्ट र नयाँ वैचारिक आन्दोलनको सारथी बन्ने ल्याकत राख्छन् ।
क. जनार्दन शर्मा (प्रभाकर) : माओवादीको दसवर्षे सशस्त्र युद्धताका प्रचण्डको मुख्य सारथीमध्ये एक हुन जनार्दन, रामबहादुर थापा (बादल), नेत्रबिक्रम चन्द (बिप्लब)हरु । यदि त्यो युद्धमा यी पात्रहरु थिएनन् भने प्रचण्डको श्रीलंकन साईनिङ्गपाथको लिट्टेको हालत भैसक्थ्यो । तर, माओबादी खुल्ला राजनीतिमा आइसकेपछि आफ्ना पुराना बैचारिक हस्तीहरुलाई पाखा लगाउँदै पारिवारिक शैली र एकांकी प्रवृत्तिबाट र आफू वानम्यान बन्ने कम्पनी जस्तै पार्टी संचालन गर्दै आएका छन् । प्रचण्डसँग बिद्रोहको संघारमा पुगेका जनार्दन कर्णाली प्रदेशका एक हस्ती नै हुन् । प्रचण्डको पार्टीभित्र बिद्रोह गर्न सके उनी एउटा नयाँ आन्दोलनको नेपाली आइकनको रुपमा उपस्थित हुन सनेछन् ।
क. नेत्रबिक्रम चन्द (बिप्लब) : प्रचण्डले नेकपा माओबादीको ब्यबहारिक धारलाई तिलान्जली दिएर पार्टीमा देखिएको बैचारिक स्खलनसँग वाक्क भएर बिचारसँग बिमती राख्दै अलग्गै क्रान्तिकारी कम्युनिस्ट पार्टी गठन गरेर आफ्नो छुट्टै बैचारिक धार निर्माण गरेका बिप्लब बर्तमान गठबन्धन सरकारसँग पनि त्यति सन्तुष्ट छैनन् । तर, नयाँ र आयामिक आन्दोलनको शुरुवाती हुन्छ भने त्यो आन्दोलनको नेतृत्व बिद्या भण्डारी वा झलनाथ खनालले अगुवाइ गरे भने बिप्लब एउटा उदाउँदो आईडोलोजिको रुपमा इमान्दापूर्वक उदाउन सक्ने युवा क्रान्तिकारी कम्युनिस्ट नेता बन्न सक्छन् ।
वर्तमान अबस्थामा समकालीन नेपाली युवा नेतामा आदर्श र बिचारको हिसाबले बिप्लब अब्बल क्रान्तिकारी देखिन्छन् । युवा उमेर भएको हुँदा समग्र कम्युनिष्ट पार्टी र बिचलित नेतृत्वहरुलाई एकीकृत गर्दै नेकपा एमालेले अबलम्बन गरेको जबजभित्रको आन्तरिक लोकतन्त्रलाई सुढृत गर्दै अघि बढ्न सके बिप्लबको नेतृत्व नेपाली जनताको हितमा हुन सक्थ्यो ।
तथापी, मैले माथी उल्लेखित नाम लिएका नेतृत्वहरुले एक कदम अघि बढ्ने साहस देखाउन सके सत्तालिप्साको स्वादमा माक्र्सबाद, लेनिनबाद, माओवाद, स्टालिनबाद खोज्नेहरुबाट अलग धारको नेतृत्व गर्दै नेकपा एमाले एउटा ऐतिहासिक युगको सुरुवातीबाट कम्युनिस्ट पार्टी स्थापनाको औचित्य पुष्टि गराउन सक्थ्यो कि ?











