Logo
Logo

झापाका कोरोनाबाट एक वृद्धको मृत्यु


- दृष्टि न्युज/संवाददाता


दमक, १२ भदौ । झापाको कमल गाउँपालिका वडा नं ३ केर्खाका कोभिड–१९ बाट संक्रक्रमित ८३ वर्षीय वृद्धको शुक्रबार बिहान उपचारको क्रममा धरानमा मृत्यु भएको छ । कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले संक्रमण पुष्टि भएका वृद्धको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको बताइन् ।
झापाको कोभिडबाट मृत्यु हुनेको संख्या अब दुई पुगेको छ । दमकमा यसअघि एक बृद्धको कोभिडका कारण मृत्यु भएको थियो । एक साता अघि उनी नातिनीलाई लिएर मधुमेह जाँचका लागि स्थानीय अस्पताल जानुभएको थियो । त्यसपछि पीसीआर परीक्षण गर्दा वृद्ध र उनकी नातिनी दुबैलाई कोभिड संक्रमण पुष्टि भएको थियो । हाल उनकी नातिनी भद्रपुरस्थित मेची अस्पतालको आइसोलेशनमा उपचाररत छिन् ।

प्रतिक्रिया दिनुहोस्