Logo
Logo

प्रदेश न-१ : कोरोनाबाट थप चारको मृत्यु


- दृष्टि न्युज/संवाददाता


विराटनगर, २० भदौं । प्रदेश न–१ मा पछिल्लो २४ घण्टामा कोभिड– १९ बाट ५४ जना संक्रमित भएका छन् भने चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नं २ का दुई महिला र बुढीगंगा र धनपालका एक एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्ममा यस प्रदेशमा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । ती मध्ये यस प्रदेशका स्थायी ठेगाना भएका २७ र प्रदेश बाहिरका १२ रहेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा यसप्रदेमा एक हजार ७६१ जनाको पिसीआर परीक्षण गरिएको छ । ती मध्ये २३ महिला र ३१ पुरुष गरी ५४ को रिपोर्ट पोजेटिभ आएको छ । कोरोना पोजेटिभ देखिनेमा मोरङका ३४, सुनसरीका १३, झापाका पाँच, इलामका एक र प्रदेशबाहिरका एक रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमितमा मोरङ विराटनागरका १४ महिला र १४ पुरुष, पथरीशनिश्चरेका दुई , लेटाङ, कटहरी र रंगेलीका एकएक पुरुष र जहदाका एक महिला, सुनसरीको इटहरीका दुई महिला र छ पुरुष, धरानका चार महिला र एक पुरुष, झापाको दमकका एक महिला र दुई पुरुष, विर्तामोडका एक र स्थानीय तह नखुलेका एक पुरुष, इलामको चुलाचुलीका एक पुरुष तथा प्रदेश बाहिरका एक महिलाको रिपोर्ट पोजेटिभ आएकोे छ ।
हालसम्मा प्रदेशमा तीन हजार र ८७९ कोरोनाबाट संक्रमित भइसकेका छन् । आज कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १६ निको भएर घरफर्केका छन् भने हालसम्ममा एक हजार ८३५ जना कोरोनाबाट मुक्त भइसेका छन् । हालसम्ममा यसप्रदेशमा ९७ हजार २२१ पिसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्