Logo
Logo

कतारमा इजरायली आक्रमणबारे संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्ने


126
Shares

न्युयोर्क । अल्जेरिया र पाकिस्तानको अनुरोधमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले दोहामा हमासको राजनीतिक ब्युरो सदस्यहरूलाई लक्षित गरी गरिएको इजरायली आक्रमणबारे छलफल गर्न बुधवार आपत्कालीन सत्र बोलाउने भएको छ ।

The current image has no alternative text. The file name is: qater.gif

संयुक्त राष्ट्रसङ्घका कूटनीतिक स्रोतका अनुसार परिषद्का सदस्यहरूले महासचिवालयका वरिष्ठ अधिकारीहरूबाट पछिल्ला घटनाक्रम र बढ्दो तनावबारे प्रत्यक्ष जानकारी लिने अपेक्षा गरिएको छ ।

महासचिव एन्टोनियो गुटेरेसले कतारमा भएको आक्रमणलाई देशको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको ‘स्पष्ट उल्लङ्घन’ भन्दै निन्दा गर्नुभयो । उहाँले गाजामा युद्धविराम सम्भव बनाउन र बन्धकहरूको रिहाइ सहज गर्न कतारले खेलेको ‘धेरै सकारात्मक भूमिका’ को प्रशंसा पनि गरे । गुटेरेसले सबै पक्षलाई ‘गाजामा स्थायी युद्धविराम हासिल गर्नमा ध्यान दिनुपर्छ, यसलाई नष्ट गर्न होइन’ भन्नेमा जोड दिए  ।

कतारको गृह मन्त्रालयले मङ्गलबार आन्तरिक सुरक्षा बल ९लेखविया० का एक सदस्य, हमासका राजनीतिक ब्युरो प्रमुख खलील अल–हयाका छोरा हुमाम खलील अल–हय्यासहित तीन जनाको मृत्यु भएको जानकारी दिएको छ । साथै, धेरै सर्वसाधारण घाइते भएको पनि रिपोर्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्