Logo
Logo

जेनजी प्रतिनिधिको प्रधानसेनापतिसमक्ष प्रस्तावः सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गरौं


126
Shares

काठमाडौं । नेपाली सेनाको जंगी अड्डामा भएको जेनजी प्रतिनिधिहरूको बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्न प्रस्ताव गरेको छ।

उक्त प्रस्ताव नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसमक्ष पेश गरिएको छ। सेनाले यसबारे पूर्वप्रधानन्यायाधीश कार्कीसँग प्रत्यक्ष संवाद गर्ने तयारी गरेको जनाइएको छ।

बुधबार दिनभर सामाजिक सञ्जाल ‘डिस्कर्ड’मार्फत जेनजी समूहका युवाबीच नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा व्यापक छलफल भएको थियो। छलफलको क्रममा धेरै सदस्यले सुशीला कार्कीको पक्षमा बलियो समर्थन जनाएका थिए।

कतिपयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम पनि अगाडि सारेका थिए। तर, बालेन सम्पर्कमा नआएको भन्दै केहीले गुनासो गरेका थिए। मंगलबार बेलुकी बालेनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै जेनजी समूहलाई सेना प्रमुखसँग वार्ता गर्न तयार रहन आह्वान गरेका थिए।

बुधबार बिहान जेनजी प्रतिनिधिमण्डल जंगी अड्डामा वार्ताका लागि पुगेको थियो। तर, १५ जनाभन्दा बढी सदस्य एकैपटक पुगेपछि सेनापति सिग्देलले आपसमा सहमति गरेर, संयोजक तोकी मात्र वार्ताका लागि आउन आग्रह गरेका थिए। त्यसपछि जंगी अड्डाकै एक कोठामा जेनजी प्रतिनिधिहरूबीच आन्तरिक बैठक भएको थियो।

उक्त बैठकमा केही प्रतिनिधिले गणतान्त्रिक व्यवस्थाविरुद्ध पनि प्रस्ताव राखेपछि, त्यस विषयमा असहमति जनाउने ुरक्षा बमु समूह बैठकबाट बाहिरिएको थियो।

यद्यपि अन्ततः जेनजी प्रतिनिधिहरूबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्ने सहमति बनेको हो।

प्रतिक्रिया दिनुहोस्