काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच मंगलबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटका क्रममा राजदूत श्रीवास्तवले नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा भारत सधैं उभिएको स्पष्ट पारे। उनले नेपालको उन्नति, समृद्धि, विकास र पुनर्निर्माणका लागि भारतले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे।
भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, विकास सहकार्य र क्षेत्रीय स्थिरताबारे पनि सकारात्मक छलफल भएको बताइएको छ।














