Logo
Logo

जवाङखोलाको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा–मुग्लिन सडक दुईतर्फी खुला


3.1k
Shares

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोला बाँदरे मोडमा खसेको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा–मुग्लिन सडक खण्ड पुनः दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।

मंगलबार बिहान करिब ५ : ४० बजे खसेको सुक्खा पहिरोका कारण सडक अवरुद्ध भएपछि सवारीसाधनहरूको लामो जाम भएको थियो। जामका कारण सयौं यात्रुहरू बाटोमै अलपत्र परेका थिए ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार झन्डै १० घण्टाको प्रयासपछि पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको हो ।

पहिरो ठूलो र सुक्खा भएकाले हटाउन समय लागेको र त्यस अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न सडक विभागले आग्रह गरेको थियो । अब भने नागढुंगा–मुग्लिन सडक सहज रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्