काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले आज पदभार ग्रहण गरेका छन् । अन्तरिम सरकारले हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

सरकारको निर्णयअनुसार शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा पठाइएको छ । गत २०८१ चैत ११ गते तत्कालीन मन्त्रिपरिषद्ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको थियो । तर पाँच महिनापछि ऊर्जा मन्त्री बनेका कुलमान घिसिङले शाक्यलाई हटाउँदै सिलवाललाई नियुक्त गराएका छन् ।














