Logo
Logo

मुग्लिन-नारायणघाट सडकखण्डमा फेरि पहिरो, यातायात पूर्णरूपमा अवरुद्ध


819
Shares

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-५, तुइन खोला नजिकै मङ्गलवार साँझ ४:३० बजे ठूलो सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणघाट सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।

The current image has no alternative text. The file name is: tuinkhola.jpg

यसअघि सोमबार दिउँसो १ बजे पहिरो हटाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो । तर, राति ९ बजे फेरि पहिरो खस्दा सडक पुनः अवरुद्ध भएको हो ।

सडक डिभिजन भरतपुरका अनुसार तुइन खोला क्षेत्रमा सुख्खा पहिरो बारम्बार खसिरहेकाले तत्काल मेसिन प्रयोग गरेर पहिरो हटाउने काम सुरु गरिएको छैन । यो क्षेत्र हालैका दिनहरूमा पहिरोको ‘हटस्पट’ बनेको छ । 

गत शुक्रवार साँझदेखि पनि सोही स्थानमा पटक-पटक पहिरो खस्दा सडक लामो समय अवरुद्ध हुँदै आएको छ । लगातार पहिरो खस्ने जोखिमका कारण सडक डिभिजनले पहिरो पन्छाउने मेसिनहरूलाई तयारी अवस्थामा राखेको छ । सडक अवरुद्ध हुँदा काठमाडौं आवतजावत गर्ने हजारौँ सवारीसाधन र यात्रुहरू प्रभावित भएका छन् । दसैँ नजिकिँदै गर्दा देशको प्रमुख राजमार्गहरू मध्ये एकमा बारम्बार देखिएको यो समस्याले यात्रुहरूलाई ठूलो सास्ती भएको छ ।

प्रतिक्रिया दिनुहोस्