Logo
Logo

शिक्षामन्त्रीद्वारा मन्त्रालयका कामबारे ब्रिफिङ, विज्ञान र प्रविधिमा प्राथमिकता


1k
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेसँगै मन्त्रालय र मातहत निकायका प्रमुखहरूसँग मन्त्रालयका हालका कामकाज र आगामी प्राथमिकताबारे ब्रिफिङ लिएका छन्।

केशरमहलस्थित मन्त्रालयमा सोमबार कार्यभार सम्हालेका मन्त्री पुनले आज सचिवद्वय चूडामणि पौडेल र विश्वबाबु पुडासैनीसहित महाशाखा प्रमुख तथा सम्बन्धित निकायका प्रतिनिधिबाट विस्तृत जानकारी लिएका हुन् ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार मन्त्री पुनले विज्ञान र प्रविधिको विकासमा विशेष जोड दिँदै विद्यालय तहदेखि नै कम्प्युटर शिक्षामा प्राथमिकता दिनुपर्ने निर्देशन दिए। उनले स्रोतसाधन बढाउँदै प्रविधि शिक्षाको पहुँच विस्तार गर्नुपर्ने धारणा राखे ।
साथै, मन्त्री पुनले आफ्नो कार्यकालमा विज्ञान तथा प्रविधि क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यले चारवटा सल्लाहकार समिति गठनसम्बन्धी प्रस्तावलाई स्वीकृति दिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, मन्त्री पुनको चाहनाअनुसार उनका लागि मन्त्रालय परिसरमै आवासको व्यवस्था गर्न प्रशासनले तयारी थालेको छ। उनले “जहाँ काम, त्यहीँ बास” भन्ने आफ्नो कार्यशैली अनुरूप मन्त्रालयमै सुत्ने खाट र भान्सा कोठाको आवश्यक व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्