काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले काठमाडौँ–कोलकाता सीधा उडान कात्तिक २ गते ९अक्टोबर १९० बाट पुनः सुरु गर्ने भएको छ।

सातामा तीन दिन – आइतबार, मङ्गलबार र बिहीबार – एटीआर–७२ विमानमार्फत उडान हुनेछ । काठमाडौँबाट बिहान ७ बजे र कोलकाताबाट ९ : २० बजे स्थानीय समय उडान हुनेछ, जसको अवधि करिब १ घण्टा ३५ मिनेट हुनेछ।
एकतर्फी भाडा रु १३,३५३ तोकिएको छ। यात्रुका लागि विभिन्न धार्मिक र पर्यटकीय प्याकेज पनि उपलब्ध हुनेछन्, जसलाई बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले सञ्चालन गर्नेछ।
कोरोनाका कारण २०७६ मा स्थगन भएको यो सेवा पुनः सुरु गर्दै बुद्ध एयरले भारतका पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ। हाल बुद्ध एयरले भारतको वाराणसीमा पनि नियमित उडान गरिरहेको छ ।














