Logo
Logo

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी भण्डारी र दुलाल पक्राउ


5.2k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त सानु भण्डारी र केशव दुलाल पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलवार उनीहरूलाई ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो । 

The current image has no alternative text. The file name is: bhutani.gif

गत भदौ २४ गते केन्द्रीय कारागारमा भएको आगजनी र तोडफोडका क्रममा उनीहरू भागेका थिए । सोही प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि फरार भएका थिए, तर उनी सोमबार कारागार फर्किसकेका छन् । 

भण्डारी र दुलाल नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्त हुन् । पक्राउपछि उनीहरूले यो प्रकरणमा उच्च तहका व्यक्तिहरूको संलग्नता रहेको खुलासा गरेका छन् । उनीहरूको सम्बन्ध रायमाझीसँगै पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग पनि जोडिएको छ । खाण यस प्रकरणमा पक्राउ परेका थिए, तर अदालतले उनलाई धरौटीमा रिहा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्