Logo
Logo

पहिरोले मुग्लिन-नारायणगढ सडक बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध  


1.6k
Shares

काठमाडौं । तुइनखोलामा खसेको भयङ्कर सुक्खा पहिरोका कारण मुग्लिन-नारायणगढ सडक पूर्ण रूपमा बन्द भएपछि वैकल्पिक सडक प्रयोग गर्न अनुरोध  गरिएको छ । 

The current image has no alternative text. The file name is: tuinkhola.jpg

चितवन प्रशासनले वैकल्पिक मार्गको रूपमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौँडा, रुपन्देहीको बुटवल, नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङको नौबिसे तथा तनहुँको हकमा खैरेनीटारबाटै उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्न चितवन प्रशासनले अनुरोध गरेको हो ।

चितवनबाट काठमाडौं आउजाउ गर्नका लागि (साना गाडी मात्रै) चितवनको जुटपानी, शक्तिखोर, मायाटार हुँदै धादिङको मलेखु निस्कने छ ।

यसैगरी धादिङको नौबिसेबाट मकवानपुरको हेटौँडा निस्कने त्रिभुवन राजपथको बाटोलाई वैकल्पिक सडकको रूपमा प्रयोग गर्न पाउने छन् ।  यसैगरी मकवापनुरको हेटौंडाबाट भैंसे, भीमफेदी, कुलेखानी, सिस्नेरी हुँदै दक्षिणकालीको बाटो भएर काठमाडौं आउन सकिने छ ।यसैगरी  हेटौँडा-काठमाडौं आउजाउ (ठूला सवारीसाधन मात्र) गर्नका लागि कान्तिलोकपथ प्रयोग  गर्न सकिने छ ।

यसैगरी चितवनबाट पोखरा जानका लागि ठूला तथा साना दुवै सवारीसाधन बुटवल हुँदै पोखरा जान सक्ने छन् । यसैगरी चितवनबाट कालीगण्डकी करिडोरको बाटो गैंडाकोट हुँदै पाल्पा रामपुर, भिमाद हुँदै तनहुँ निस्कन सकिनेछ ।

प्रशासनले मङ्गलवार साँझ एक सूचना जारी गर्दै यो सडक तत्काल खुल्न सक्ने सम्भावना नदेखिएकोले उक्त सडक प्रयोग गर्ने सवारीधनी, सवारीसँग सम्बन्धित सङ्घसंस्था तथा यात्रुहरूलाई सम्बन्धित जिल्लाका स्थानीय प्रशासनसँग समन्वय गरी उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको हो । मुग्लिन-नारायणगढ सडक अवरुद्ध हुँदा दसैँ तिहारमा घर जाने र आउने यात्रु मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्