कञ्चनपुर । परम्परागत रूपमा कृष्ण जन्माष्टमीदेखि दसैँको टीकासम्म मनाइने थारु समुदायको सखिया नृत्य अब पाँचदेखि १० दिनमै सीमित हुन थालेको छ ।

संस्कृतिका जानकारहरूका अनुसार विदेश रोजगार, पेशागत व्यस्तता, नयाँ पुस्ताको चासो कम हुनु, तथा गीत–ताल पुस्तान्तरण नहुनु यस नृत्यको रौनक घट्नुका प्रमुख कारण हुन् ।
सखिया नृत्यमा मादल, मोह्रिन्या र युवतीहरूको सामूहिक प्रस्तुति हुन्छ, जसमा कृष्णको जन्मदेखि कंश वधसम्मका प्रसंग समेटिन्छ । भेडुवा जगैना’, ख्यारा भोज’ जस्ता परम्परागत चलन अझै जीवित छन् तर सिकाइको अभावमा नृत्यशैली, ताल र गीत लोप हुने चिन्ता बढेको छ ।
बुद्धिजीवीहरूका अनुसार समयअनुसार सखियालाई संस्कृति र पर्यटनसँग जोड्न सके यो मौलिक परम्पराको संरक्षण र प्रवर्द्धन सम्भव छ ।














