गोरखा । पृथ्वीराजमार्गमा लगातार पहिरोका कारण सवारी आवागमन रोकिएपछि गोरखा हुँदै मलेखु जाने वैकल्पिक मार्ग अत्यधिक व्यस्त बनेको छ ।

जवाङ खोला र तुइनखोलामा खसेका पहिरोका कारण मुग्लिन–नारायणगढ र मुग्लिन–मलेखु सडक अवरुद्ध भएपछि पोखरा, बेँसीसहर, बागलुङ, लमजुङलगायतका गाडीहरू गोरखा, आरुघाट, धादिङबेँसी हँुदै गन्तव्यतर्फ गइरहेका छन् ।
गोरखा दरौँदी यातायात प्रालिका अध्यक्ष दीपक बोहराका अनुसार माइक्रो, जीप, कार, बाइक लगायत दैनिक सयौं गाडी गोरखा बजार हुँदै आवतजावत गर्दैछन् ।
स्थानीय व्यापारीहरूले दसैँको भीडसँगै बाहिरी जिल्लाका गाडीहरू गोरखा बजारमा देखिन थालेपछि चाप झनै बढेको बताएका छन् ।














