Logo
Logo

विराटनगरमा घरको छतबाट खसेर एक जनाको मृत्यु


63
Shares

काठमाडौं । विराटनगरमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । गएराति घरको छतबाट खसेर विराटनगर महानगरपालिका–११ का ५६ वर्षीय राजेन्द्रप्रसाद पौडेलको मृत्यु भएको हो ।

३ तले घरको छतबाट खसेर पौडेलको मृत्युु भएको मोरङ प्रहरीका डीएसपी कोपिला चुँडालले जानकारी दिए । उनका अनुसार राति छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि विराट नर्सिङ होम पु¥याइएको थियो ।

तर, अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्