
काठमाडौं । पछिल्लो २४ घण्टामा ४० हजार बढीले काठमाडौं छाडेका छन् । दशैं लागेसँगै काठमाडौंबाट घर फर्किनेको संख्यामा उल्लेखनीय वृद्धि भएको हो ।
मंगलबार बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्म ४३ हजार १३२ जनाले काठमाडौं छाडेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता लोकेन्द्रसिंह गुरुले जानकारी दिए ।
पछिल्लो समय नयाँ बसपार्क, जडीबुटी, कोटेश्वरलगायत क्षेत्रमा सवारीसाधन र यात्रुको चाप बढेको छ ।














