
काठमाडौं । नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनकपुरमा आज बसेको प्रदेश संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
बैठकले समर्थन फिर्ता लिने र नयाँ सरकार गठनको प्रयास थाल्ने निर्णय गरेको सांसद अन्जना पण्डितले जानकारी दिए ।
जेनजी आन्दोलनको क्रममा २४ भदौमा मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा घोषणा गरेका थिए ।
तर, फेरि उनले कुरा फेरेपछि जनमतले सरकारमा रहेका आफ्ना मुख्यमन्त्री सहित दुई मन्त्रीलाई फिर्ता बोलाइसकेको छ ।
जनमतले मुख्यमन्त्रीसहित मन्त्री फिर्ता र समर्थन फिर्ता लिएको पत्र मधेश प्रदेश सभामा समेत ३१ भदौमा बुझाइसकेको छ । तर मुख्यमन्त्री सिंहपछि कुरा फेरेर सदन फेस गर्ने अडानमा छन् ।
जनमत पार्टी नै आफ्नो सरकारबाट बाहिरिएपछि हामीले पनि बस्न उचित नभएको ठहर गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले जानकारी दिए ।














