Logo
Logo

जेनजी प्रदर्शनमा महाराजगञ्जका प्रहरी हत्या गरेको आरोपमा अर्का व्यक्ति पक्राउ


7.4k
Shares

काठमाडौं । जेनजी आन्दोलनको क्रममा महाराजगञ्जका प्रहरीको हत्या गरेको आरोपमा अर्को व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ओम पौडेल रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पौडेललाई नियन्त्रणमा लिएको हो । यससँगै महाराजगञ्ज प्रहरी हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या दुई पुगेको छ । यसअघि काभ्रेका युवराज क्याप्छाकी पक्राउ परेका थिए ।

पक्राउ पर्ने दुवैजनालाई प्रहरीलाई कुटपिट गरिरहेको भिडियो सार्वजनिक भएको थियो । सोही भिडियोका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । हाल उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनको २४ भदौको प्रदर्शनका क्रममा महाराजगञ्ज प्रहरी वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या गरिएको थियो । राय सिन्धुलीका र थापा दार्चुलाका बासिन्दा हुन् ।

भिडियोमा पौडेलले ‘गोली हान्न दिने तैं डीएसपी हैनस्’ भन्दै लट्ठी प्रहार गरी जवान थापाको हत्या गरेको देखिन्छ ।

त्यसै दिन, कोटेश्वरस्थित प्रहरी प्रभागका कास्की घर भएका सहायक हवल्दार अमृत गुरुङको पनि आन्दोलनकै क्रममा हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्