काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले विचार मिल्ने दल र समाजवादी मोर्चासँग एकता गर्न प्रभावकारी पहल गर्ने प्रस्ताव अघि सारेको छ । बुधबार पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले यस्तो प्रस्ताव तयार गरेको हो।

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार, जेनजी लगायत अग्रगामी र परिवर्तनशील शक्ति हरूसँग संवाद र सहमति गर्दै देशभक्त, परिवर्तनकारी दलहरू र समाजवादी संघसंस्थाहरू लाई समेटेर वृहत् संयुक्त मोर्चा बनाउने योजना प्रस्तावमा समावेश छ।
साथै, बैठकले केन्द्रीय समिति विघटन गरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा महाधिवेशनतर्फ जाने प्रस्तावसमेत अघि सारेको छ।
पार्टीको केन्द्रीय समिति बैठक यही असोज ९ गते (बिहीबार) बिहान ११ बजे प्रज्ञा भवन, कमलादीमा बस्नेछ।














