Logo
Logo

संयुक्त राष्ट्रसंघको ८०औँ महासभामा नेपालका स्थायी प्रतिनिधि थापा सहभागी


1.2k
Shares

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८०औँ महासभामा नेपालका तर्फबाट न्यूयोर्कस्थित स्थायी प्रतिनिधि लोकबहादुर थापाले प्रतिनिधित्व गर्ने भएका छन् ।

नेपाल सरकारबाट उच्चस्तरीय प्रतिनिधिमण्डल पठाउन वर्तमान परिस्थितिमा सम्भव नभएकाले थापाले नै महासभामा सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको बहस असोज ७ गतेदेखि न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा सुरु भएको हो ।

त्यस्तै, केही मुलुकले नेपाललाई दिँदै आएको भिजिट भिसा रोकेको भन्ने सूचनाबारे मन्त्रालयले सम्बन्धित देशमा रहेका नेपाली राजदूतमार्फत जानकारी लिइरहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार , नेपाली नागरिक भिजिट भिसामा विभिन्न मुलुकमा जाँदा उठेका प्रश्नहरू समाधान गर्न सम्बन्धित अधिकारीहरूको उपस्थितिमा छलफल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्