काठमाडौं । जेनजीहरूले राष्ट्रपति रामचन्द्र पौडेल र सरकारसँग वार्ता गर्न प्रतिनिधि छनोट गरेका छन् । बुधबार बानेश्वरमा बसेको जेनजीको बैठकले प्रतिनिधि छनोट गरेका हुन् ।

सुदन गुरुङ, प्रवेश दाहाल, पुरुषोत्तम यादव, ओजस्वी भट्टराई, बब्लु गुप्ता, खेमराज साउद लगायतका जेनजी बसेर प्रतनिधि छनोट गर्ने सहमति भएको हो ।
कति सदस्य प्रतनिधि बनाउने भन्ने भोलि बिहाबार निर्णय हुने बताइएको छ । भोलिका लागि जेनजीको भेला बोलाइएको छ । उक्त भेलाले दलित, जेनजी शहीदको परिवार र घाइतेलाई पनि सहभागी गराउने बताइएको छ ।
बुधबार बानेश्वरमा विभिन्न समूहका मुख्य मुख्य प्रतिनिधि सहभागी थिए । आन्दोलनमा धेरै समूह थियो । एउटै एजेन्डा भएकाले राष्ट्रपति र सरकारसँग वार्ता सहमति गर्न साझा प्रतिनिधि छनोट गर्ने सहमति जेनजीले गरेको बताइएको छ ।
गत २३ र २४ गते भएकोे आन्दोलनमा जेनजीको फरक–फरक समूह थियो । आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग अनौपचारिक वार्ता भएपनि लिखित सहमति भएको छैन । छनोट भएका प्रतिनिधिले राष्ट्रपति रामचन्द्र पौडेलसँग लिखित सहमति गर्ने तय भएको छ ।














