काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) कीर्तिपुर हाताभित्रको झाडी हटाई सुन्दर बगैँचा र फुटपाथ बनाउन निर्देशन दिएका छन्, जसलाई त्रिवि नेतृत्वले सकारात्मक रूपमा लिएको छ ।

उपकुलपति प्राडा दीपक अर्यालले झाडी क्षेत्रमा चितुवा देखिएर असुरक्षा बढेकाले मन्त्रीको निर्देशन उपयोगी भएको बताए । कीर्तिपुर उद्योग वाणिज्य सङ्घले पनि बगैँचासहित अर्गानिक खेतीमार्फत स्वरोजगार र कृषि पर्यटन प्रवर्द्धनको सुझाव दिएको छ ।
मन्त्री पुनले परीक्षाफल समयमा ननिस्काउने विश्वविद्यालयको अनुदान रोक्का गर्ने चेतावनी पनि दिएका छन् । यस्तै , त्रिविले जेनजी आन्दोलनमा क्षतिग्रस्त प्रहरी कार्यालयलाई कम्प्युटर र फर्निचर सहयोग गरेको छ ।














