Logo
Logo

गन्नीगाडमा एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुने


315
Shares

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका–१ र २ मा अवस्थित गन्नीगाड खोलामा एक मेगावाट क्षमताको साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

उक्त आयोजना कञ्चन ऊर्जा प्रालिले निर्माण गर्न लागेको हो । हालै आयोजना स्थलमा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ, जहाँ कम्पनी अध्यक्ष अनिश गौतम, स्थानीय जनप्रतिनिधि जनकुमार घरडी र इञ्जिनियर डा कृष्णप्रसाद दुलालको उपस्थिति थियो ।

कम्पनी अध्यक्ष गौतमका अनुसार कञ्चन ऊर्जा प्रालि र नेपाल विद्युत् प्राधिकरणबीच २०८० मंसिर १९ गते विद्युत् खरीद–बिक्री सम्झौता भइसकेको छ ।

दशैँपछि निर्माण कार्य तीव्र रूपमा सुरु गरिने र एक वर्ष ६ महिनाभित्र उत्पादन सुरु गर्ने लक्ष्य लिइएको छ ।

आयोजनाबाट उत्पादित विद्युत बलाँच सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । कम्पनीले स्थानीय प्रभावित तथा जिल्लावासीलाई समेत लगानीको अवसर दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्