Logo
Logo

दसैँ नजिकिएसँगै आन्तरिक उडानमा चाप बढ्यो


189
Shares

काठमाडौं । बडादसैँ नजिकिँदै जाँदा आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडानमा यात्रुको चाप बढेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार घटस्थापनादेखि उडान संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ ।

आजका लागि आन्तरिकतर्फ १६७ उडान तय गरिएको छ भने दैनिक औसत ३४० भन्दा बढी उडान भइरहेका छन् । अन्तरराष्ट्रियतर्फ दैनिक ११० भन्दा बढी उडान भइ रहेका छन्।

मौसम सुधारसँगै उडानहरू नियमित भइरहेका छन्। बुद्ध एयरले यात्रु चापका कारण भैरहवा र भरतपुरतर्फ थप उडानहरू गरेको छ । श्री एयरलाइन्सले पनि दैनिक ५० हाराहारी उडान गर्दै आएको छ ।

मुग्लिङ–नारायणगढ सडकखण्डमा पहिरोले सडक अवरुद्ध हुँदा हवाई यातायातको चाप अझै बढेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले चाडपर्वमा यात्रुलाई सहज सेवा दिन वायुसेवा कम्पनीलाई पथ उडानमा सहजीकरण गरिरहेको छ । तर , हवाई इन्धनको मूल्यवृद्धिले भाडा महँगो भएको जनाइएको छ।

हाल विमानस्थल बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालनमा छ।

प्रतिक्रिया दिनुहोस्