काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालको शासकीय प्रणाली परिवर्तन हाल सरकारको कार्यक्षेत्रमा नरहेको बताउँदै आवश्यक परेमा संवैधानिक प्रक्रियाबाट संशोधन गर्न आह्वान गरेकी छन् ।

केही जेनजी आन्दोलनकारीलगायतले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको माग गरिरहेका बेला प्रधानमन्त्री कार्कीले अहिले त्यस्तो सम्भव नभएको प्रष्ट पारेकी छन् ।
बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो सरकारको मुख्य ध्यान निर्वाचनमा केन्द्रित रहेको बताइन् । “शासकीय प्रणालीको संशोधन हाम्रो कार्यक्षेत्रबाहिर छ, तर आवश्यक परे संवैधानिक प्रक्रियाबाट संविधान संशोधन गर्न सकिन्छ,” उनले भनिन् । जेनजी युवाहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभए आन्दोलन गर्ने चेतावनी दिँदै आएका छन्।














