Logo
Logo

भ्रष्टाचार नगर्नु नै अपराध भयो: ओली


5.2k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्नु आफ्नो अपराध बनेको दाबी गरेका छन् । बिहीबार प्रेस चौतारी नेपालका पदाधिकारीसँगको छलफलमा उनले गत २३ र २४ गतेको जेनजी आन्दोलनपछि सत्ता छाड्न बाध्य भएको र आफूमाथि प्रहारको निशाना बनाइएको बताए ।

The current image has no alternative text. The file name is: ooooo.gif

उनले भने, ‘मलाई थाहा छ, म प्रहारको केन्द्रमा छु । मेरो अपराध के हो ?भ्रष्टाचार नगर्नु अपराध भयो । मैले भ्रष्टाचार गरेको छैन, गर्दिनँ ।’ उनले समाजमा शान्ति र सुशासन कायम गर्न, हिंसालाई मूल धारमा ल्याउन र देशलाई विकासको बाटोमा डोर्‍याउन आफूले प्रयास गरेको दाबी गरे ।

‘मैले विकासको खाका कोरेर अघि बढेँ, हिंसालाई छोडाएर राष्ट्रिय एकतामा जोड दिएँ,’ उनले भने । ओलीले जेनजी आन्दोलनमा आगजनी र तोडफोड जेनजीहरूबाट नभएको बताए । ‘जेनजीको यस्तो प्रतिशोधी व्यवहार होइन,’ उनले भने । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहतर्फ संकेत गर्दै उनले सिंहदरबार जलाउने र बालुवाटार घेर्ने धम्की दिनेहरूलाई सरकारले छानबिन गर्नुपर्ने माग गरे । ‘कसले के बोले, मलाई थाहा छ। सरकारले यसको खोजी गरोस्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्