काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई प्रति परिवार १५ लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले मृतक परिवारलाई १० लाख राहत र काजकिरिया, खाना तथा यातायात खर्चबापत थप ५ लाख दिने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
मन्त्री खरेलका अनुसार भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा मृत्यु भएका ७४ जनामध्ये पहिचान खुलिसकेकाहरूलाई यो सहायता प्रदान गरिनेछ । भाग्ने क्रममा मृत्यु भएका कैदी तथा बालबन्दीहरू भने सहायता सूचीमा पर्दैनन् ।














