Logo
Logo

दलहरूले निर्मम समीक्षा गर्नुपर्छः पूर्णबहादुर खड्का


756
Shares

कर्णाली । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अब राजनीतिक दलहरूले निर्मम समीक्षा गर्नुपर्ने बताएका छन् । 

The current image has no alternative text. The file name is: khadka.gif

जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त नेपाली कांग्रेस सुर्खेतको पार्टी कार्यालय निरीक्षणपश्चात् आज पत्रकारहरूसँग कुरा गर्दै उपसभापति खड्काले मुलुकमा उत्पन्न परिस्थिति र त्यसले उब्जाएको सङ्कटका विषयमा दलहरूले निर्मम समीक्षा गर्नुपर्ने बताए ।  
उनले भने, ‘सरकारले छानबिन आयोग गठन गरिसकेकाले सबै कुरा अहिले बोल्दा हतार हुन्छ । दोषीहरूलाई कारबाही गराउनतर्फ सरकार लाग्नु पर्दछ ।’ चुनावको मिति घोषणा भइसकेकाले सरकारले चुनावको वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । 

प्रतिक्रिया दिनुहोस्