Logo
Logo

एमाले पुनर्गठन र रूपान्तरण हुँदैन : सूर्य थापा


7k
Shares

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले सार्वजनिक खपतका लागि पुनर्गठन र रुपान्तरणको रोइलो नगर्न आग्रह गरेका छन् । बिहीबार एमाले सचिव योगेश भट्टराईले सार्वजनिक अपिलमार्फत पुनर्गठनको आग्रह गरेपछि थापाले यस्तो भनेका हुन् ।

The current image has no alternative text. The file name is: surya-thapa.jpg

उनले भनेका छन्, ‘पार्टीमा कथित पुनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतका लागि रोइलो नगरौँ !’ जेन जीलाई मोहरा बनाएर मच्चाइएको हत्या आगजनी र अपमान कुनै पनि हालतमा अनुकरणीय हुन नसक्ने उनको भनाई छ ।

गत भदौ २३-२४ गतेको आन्दोलनपछि देशमा राजनीतिक उथलपुथल नै नभएको छ । जेनजीहरुले देशमा व्यापक भ्रष्टाचार मौलाउँदै गएको भन्दै आन्दोलन गरेका थिए । उनीहरूको आक्रोशको निशानामा प्रमुख दलका नेताहरूले परेका थिए । त्यसको लगत्तै मुख्य राजनीतिक दलहरूमा नेतृत्व परिवर्तनको विषयमा व्यापक चर्चा भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्