Logo
Logo

मिर्गौलापीडित सानुसाको ‘बचाउ अभियान’ (हालसम्म सहयोग गर्नेको नामसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ भदौं । मिर्गौलापीडित सानुसा लिम्बू लावती विराटनगरस्थित नोवेल अस्पतलामा उपचारत छिन् । यतिखेर उनलाई आर्थिक अभाव छ । २३ वर्षकै उमेरमा दुवै मिर्गौलाले काम नगर्ने भएपछि मृत्युको दोसाँधमा पुगेकी सानुसाको उपचार्थ आर्थिक सहयोग संकलन सुरु गरिएको छ ।

मिर्गौलापीडित सानुसा लिम्बू लावती

पाँचथर मिक्लाजुङ गापा. वडा नं–५ घर भइ दमक बहुमुखी क्याम्पस झापामा बिबिएस तेस्रो वर्षमा अध्ययनरत सानुसाको उपचारको क्रममा परिवारको आर्थिक अवस्था नाजुक भएकाले थप उपचार खर्च अपुग भएपछि ‘सानुसा लावती बचाउ अभियान’ चलाएको लिम्बू विद्यार्थी मञ्च केन्द्रीय कमिटि र उनका परिवारले जनाएको छ । सानुसा लिम्बू विद्यार्थी मञ्च झापाको उपाध्यक्ष समेत हुन् ।
उक्त अभियानलाई साथ दिँदै केही व्यक्तिबाट आर्थिक सहयोग प्राप्त भएको सिंगक फाउण्डेशनकी अध्यक्ष तथा ‘सानसा बताउ अभियान’का धरान संयोजक मीना सिंगकले जानकारी दिइन् । उनका अनुसार व्यवसायी तथा राष्ट्रिय फुटवल खेलाडी केन्द्र लिम्बुले सानुसा बचाउ अभियानलाई २५ हजार रुपैयाँ प्रदान गरेका छन् । त्यस्तै, अमेरिकामा अध्ययनरत सलिना तुलाचनले २० हजार रुपैयाँ, धरान १५ हाल कोरियामा कार्यरत डिप्लक सुब्बाबाट ५० हजार रुपैयाँ, सिदिन पाँचथरका हाल कोरियामा कार्यरत बिनोद लिम्बु आङ्बोबाट ५ हजार र इलाम देउमाई नगरपालिका खान्दु्रक–७ का हाल कोरियामा कार्यरत टिकाराम येक्तेनबाट ५ हजार रुपैयाँ सानुसा लिम्बूको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।
सानुसाको उपचारमा अझै रकम अपुग भएकाले ‘सानुसा बचाउ अभियान’को संयोजक लिम्बू विद्यार्थी मञ्च र धरानबाट मीना सिंगक र कलाकार रेखा लिम्बूले सहयोगी हात तथा मनकारीहरुप्रति सहयोग गर्न अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्