सुनसान बन्दैछ सहर, ‘पसल बिक्रीमा छ’


Published On : 15 September, 2020

  • एमपी सुब्बा

कोरोना संक्रमणको महामारीपछि सहर सुनसान बन्दैछ । लामो समय लकडाउनका कारण काठमाडौंमा बेरोजगार बनेका मजदूर तथा श्रमिक गाउँ फर्कन थालेका छन् । काठमाडौं उपत्यका छाड्नेहरुको संख्या बढ्दै गएपछि व्यापारमा समेत असर परेको छ । सरकारले बनाएको नियमअनुसार पसल खोलिएका छन्, तर ग्राहक छैनन् । ग्राहक नभएपछि अधिकांश पसल अझै खोलिएको छैन । बन्द गरिएको पसलका सटरहरुमा ‘बिक्री’ वा ‘भाडा’को सुचना टाँसिएको छ ।

गत ११ चैतदेखि सरकारले देशमा लकडाउन जारी गरेको थियो । त्यतिखेर कसैले पनि लकडाउन यति लामो समय जान्छ भन्ने सोचेका थिएनन् । लामै समय लकडाउन गरिएपनि सरकारले केही राहत प्याकेज ल्याउला भन्ने अपेक्षा जनताले गरेका थिए । तर, न सरकारले कुनै राहत प्याकेज ल्यायो, न त लकडाउनै अन्त्य भयो । लामो समय लकडाउन जारी हुँदा ज्यालादारी गरेर दैनिक साँझ– बिहान जोहो गर्ने गरिब तथा श्रमिक वर्ग भोकभाकै हुन थालेका छन् । कतिपय लकडाउनकैबीच हिँडेर गाउँ फर्किसकेका छन् भने कतिपय सामान्य अवस्था आएपछि गाउँ जाने सोचमा बसेका छन् । लकडाउन खुलेपछि आफ्नो गाउँ जाउँला भनेर बस्दाबस्दै भोकै पर्न थालेको पीडा उनीहरुसँग छ ।

डिल्लीबजारस्थित सुजल श्रेष्ठले पसल बन्द गरेर ‘पसल बिक्रीमा’ सुचना टाँसेको दुई महिनाभन्दा बढी भइसक्यो । तर, अहिलेसम्म बिक्री भएकौ छैन । लकडाउन सुरु हुनअघि सुजलको उक्त किराना पसलमा राम्रै व्यापार हुन्थ्यो । न्यूनतम दैनिक ७ हजारदेखि १२ हजारसम्म व्यापार गर्दै आएका थिए । २६ हजार मासिक भाडा तिरेर पनि उनको राम्रै आम्दानी भइरहेको थियो । तर, लकडाउनले पसल बन्द गर्नुपर्दा खनखनी भाडा मात्र जान थालेपछि बिक्री गर्ने सोच बनाए । र, सुचना टाँसे, ‘पसल बिक्रीमा छ’ ।

डिल्लीबजारमै अर्को एक पसलमा पनि बिक्रीमा छ । पसल सधै बन्द गर्दा घरभाडा तिर्न धौ–धौ भएपछि सुस्मिता न्यौपानेले करिब १० वर्षदेखि चलाउँदै आएको फेन्सी पसल बिक्रीमा राखेकी हुन् । सुचनाको रंग उड्न थाल्यो । तर, अहिलेसम्म किन्ने ग्राहक पाएकी छैनन् । ‘साँवामात्र आएपनि बेच्थेँ’ उनी भन्छिन्, ‘तर, सोध्नसमेत आउँदैनन् । लकडाउन नहुँदासम्म ‘पसल बेच्ने हो’ भन्नेहरु आउँथे । तर, त्योबेला बेच्ने मन थिएन ।’

यी त उदाहरणमात्र हुन् । पछिल्लो समय ‘पसल बिक्रीमा’, ‘घर भाडामा’जस्ता सुचनाहरु जताततै देखिन्छ । काठमाडौं उपत्यकाको गल्लीमा मात्रै होइन, मुख्य चोक र बजारमा समेत पसल कबलहरु खाली हुन थालेका छन् । चलिरहेका पसलहरुमा समेत सुचना टाँसिएको देख्न पाइन्छ । कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लकडाउन जारी गरेसँगै व्यापार ठप्प छ । व्यापार नभएपछि पसल बन्द गर्नुको विकल्प नभएको व्यापारीहरु बताउँछन् ।

सूचना कतै व्यवसायीले राखेका छन् भने कतै घरधनीले । देशभर कोराना संक्रमण बढेसँगै सरकारले लकडाउन गरेपछि सबैखाले व्यवसाय बन्द हुनेक्रम बढेको छ । अर्कोतिर नयाँ पसल वा कार्यलय सञ्चालनको तयारीमा रहेकाले सोच बदल्न थालेका छन् । लकडाउनका कारण मारमा परेका व्यवसायीले सरकारसँग बैंकबाट लिएको ऋणको व्याज मिनाहा गर्न माग गर्दा उल्टै समयमै कर तिर्न उर्दी गरेपछि पसलहरुमा सुचना टाँस्नेक्रम बढ्दै गएको हो ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अनुसार उपत्यकाका ३० प्रतिशतभन्दा बढी पसल तथा व्यापार÷व्यवसाय खाली हुँदै गएको छ । उपत्यकाका प्रमुख व्यापारिक केन्द्र मानिने न्युरोड, सुन्धारा, बानेश्वर, चाबहिल, लाजिम्पाटलगायतका क्षेत्रमा समेत पसलहरु बिक्री र भाडामा राखिएका छन् । विशेषगरी कपडा पसल, रेस्टुरेन्टहरु खाली भइरहेका छन् ।

गत ११ चैतदेखि सरकारले देशमा लकडाउन जारी गरेको थियो । त्यतिखेर कसैले पनि लकडाउन यति लामो समय जान्छ भन्ने सोचेका थिएनन् । लामै समय लकडाउन गरिएपनि सरकारले केही राहत प्याकेज ल्याउला भन्ने अपेक्षा जनताले गरेका थिए । तर, न सरकारले कुनै राहत प्याकेज ल्यायो, न त लकडाउनै अन्त्य भयो । लामो समय लकडाउन जारी हुँदा ज्यालादारी गरेर दैनिक साँझ– बिहान जोहो गर्ने गरिब तथा श्रमिक वर्ग भोकभाकै हुन थालेका छन् । कतिपय लकडाउनकैबीच हिँडेर गाउँ फर्किसकेका छन् भने कतिपय सामान्य अवस्था आएपछि गाउँ जाने सोचमा बसेका छन् । लकडाउन खुलेपछि आफ्नो गाउँ जाउँला भनेर बस्दाबस्दै भोकै पर्न थालेको पीडा उनीहरुसँग छ ।

‘काठमाडौंमा न घर छ, न त सरकारले नै हामीलाई हे¥यो’ सप्तरीका किसन कुशवाहले दुखेसो पोखे, ‘काठमाडौंमा काम समेत पाइन छाड्यो । गर्दै आएको काम लकडाउनले खोस्यो ।’ यिनीजस्तै अधिकांश मजदुर तथा श्रमिक काम र मामको पीडामा छन् । उनीहरु लामो दूरीको सार्वजनिक यातायात खुल्ने दिनको पखाईमा छन् । सरकारले उपत्यकामा निषेधाज्ञा केही सहजीकरण गरेपनि लामो दूरीको यातायात सञ्चालनमा आएको छैन । उपत्यकाबाट बाहिरिने सहज अवस्थाको पर्खाइमा हजाराँै जनता छन् । उपत्यका छाड्ने सोचमा मजदूर तथा श्रमिकदेखि साना व्यापारीसम्म पुगेका छन् ।

सरकारले पछिल्लो तीन साता लामो निषेधाज्ञामा सहजीकरण गरेर आलोपालो पसल तथा व्यवसाय सञ्चालन गर्न दिएपनि व्यापार छैन । दैनिक मजदूरी गर्नेले काम पाएको अवस्था छैन् । यातायातमा जोर–बिजोर प्रणाली लागू गरिएको छ, तर सार्वजनिक सवारीमा यात्रु छैनन् । काठमाडौं शून्य बन्दै गएको छ । व्यापार हुनै छाडिसक्यो । कतिखेर हुन्छ लामोदूरीको यातायात खुलेपछि आफ्नो जिल्ला फर्कौला भन्ने सोच मानिसमा बढ्दै गएको छ ।

यस्तै अवस्थाले गर्दा उपत्यकाका पसलहरु दिनदिनै बन्द हुन थालेका छन् । सुरुमा ‘बिक्रीमा’ भन्ने सुचना टाँस्ने र बिक्री नभए सामान स्टोर गरेर खाली गर्न थालिएको छ । लकडाउनअघिसम्म न्युरोडमा सटर भाडामा पाउनु भनेको अहोभाग्य थियो । तर, पछिल्लो समय न्युरोडका अधिकांश पसलहरुमा ‘बिक्री’ र ‘भाडामा’ भन्ने सुचना टाँसिएका छन् ।

न्युरोडस्थित किरण भण्डारीले पसल भाडामा भनेर आफ्नो नम्बरसहित सूचना टाँसेको तीन महिना भइसक्यो । तर, अहिलेसम्म किन्ने वा भाडामा लिने आएका छ्रैनन् । उनी भन्छन्, ‘लिने हो भने मिलाएर दिन्छु ।’ उनले कतिलाई यस्तो भने अहिलेसम्म थाहा छैन । तर, दिलन कुरा कोही गर्दैनन् । लकडाउन सुरु भएसँगै भाडामा गइरहेको ६ तलाको घर खाली नै खाली छ उनको  । ‘न्युरोडजस्तो व्यापारिक क्षेत्रमा पसलका लागि भाडामा गएको छैन । अरु स्थानको अवस्था कस्तो होला ?’ उनको प्रश्न छ । यस्तो अवस्थामा व्यवसायीमा कसले लगानी गर्ने ? भएकाहरु समेत बिक्री गर्न थालिएको अवस्थामा मानिस नयाँ व्यवसायमा लगानी गर्न डराइरहेका छन् । न्युरोडका पसल भाडामा नजानु भनेको व्यवसायको नाजुक अवस्था हो ।

न्युरोडमा धेरैजसो गहना र फेन्सी कपडाका पसल छन् । केही भएका मिठाई पसल र रेस्टुरेन्टहरु ६ महिनायता बन्द छन् । घरभाडामा ४० प्रतिशतसम्म कम गर्दासमेत भाडामा जान छाडेको धरधनीहरुको भनाइ छ । लकडाउनअघिसम्म न्युरोडमा सटरको भाडा ८० हजारदेखि २ लाखसम्म मासिक तिर्नुपर्दथ्यो । तर, अहिले झण्डै आधा घटाउँदासमेत भाडामा लाग्न नसकेको बिजेश ताम्राकारको भनाइ छ ।

बागबजारमा फेन्सी पसल गर्दै आएका बिजु डंगोलले पनि आफ्नो पसल बिक्री गर्न सूचना टाँसेका छन् । लकडाउन सुरु भएको डेढ एक महिनामै सुचना टाँसको भए पनि अहिलेसम्म बिक्री भएको छैन । खाली सटरसमेत भाडामा जान छाडेको अवस्थामा पसल बिक्री होला भनेर आश गर्न छाडेको उनको भनाइ छ । ‘महँगोमा भाडामा जाने अवस्था छैन । सस्तोमा लिन आउने पनि कोही छैनन्,’ उनले भन्,ि ‘व्यवसाय सबै धरापमा छन् । लगानी गरे त्यो पनि खेर जाने डरले नयाँ कोही आउँदैनन् ।’ व्यवसाय ठप्प भएपछि भाडा बुझाउन नसकेर पसल छाड्नेक्रम बढेको छ । पसल तथा रेष्टुरेण्ट र होटलहरु बन्द हुनेक्रम बढेपछि बेरोजगारी पनि बढ्दै गएका छन् ।

लकडाउन सुरु भएपछि अधिकांश व्यवसायीले आधा कर्मचारी घटाएका थिए । पछिल्लो समय पसल नै बन्द हुन थालेपछि हजाराँै बेरोजगारी बनेका छन् । कोरोनाको नाममा जारी लकडाउनका कारण बेरोजगार बनेकाहरु भन्छन्, ‘न सरकारको आश छ, न तत्काल रोजगारी नै पाइन्छ । त्यसैले घर जानुको विकल्प छैन ।’ उनीहरुको सरकारसँग आग्रह छ, ‘जागिर र राहत दिन नसकेपनि गाउँ जाने सहज वातावरण बनाइदेउ ।’

प्रतिक्रिया दिनुहोस्