Logo
Logo

राइड सेयरिङमा चर्को शुल्क लिए कडा कारबाही गर्ने चेतावनी


504
Shares

काठमाडौं । मनसुनजन्य विपद्को अवस्थामा यात्रुहरूबाट चर्को शुल्क लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले राइड सेयरिङ सेवा प्रदायकलाई कारबाहीको चेतावनी दिएको छ ।

शनिबार जारी गरिएको कार्यालयको सूचनामा इन्ड्राइभ, पठाओ, यांगोलगायत राइड सेयरिङ गर्ने सवारी साधनहरूले यात्रुहरूबाट अत्यन्तै चर्को मूल्य लिएको गुनासो प्राप्त भएको उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयले यदि कसैले यस्तो किसिमको ठगी गरेको पाइएमा आवश्यक प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा पेस गर्न आह्वान गरेको छ । ठगी गर्ने व्यक्तिमाथि कानुनबमोजिम कडा कारबाही गरिने प्रशासनको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्