Logo
Logo

उदयपुरमा बाढीले माइक्रो बगाउँदा एक महिला बेपत्ता


2.1k
Shares

घाइगाट (उदयपुर) । उदयपरको वेलका नगरपालिका–४ लालबजारस्थित कजवेले माइक्रो बस बगाउँदा एकजना महिला बेपत्ता भएकी छन् ।

उक्त माइक्रो बस मोरङको रंगेलीबाट काठमाडौं जाँदै गरेको र बाटो बन्द भन्ने सूचनापछि मोरङ फर्किने क्रममा बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी केदारमान दोङले जानकारी दिए ।

माइक्रो बसमा चालकसहित २२ जना यात्रु सवार थिए । बाँकी यात्रु सकुशल छन् । एकजना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको डिएसपी दोङले जानकारी दिए ।

उनका अनससार राति १२ बजेतिर माइक्रो बसलाई कजवेले बगाएको थियो । माइक्रो बस बगाउँदा अन्दाजी ४५ वर्षकी महिला बेपत्ता भएको उनको भनाइ छ । उनको पहिचान खुलेको छैन । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनले चालक भने प्रहरीको नियन्त्रणमै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्