Logo
Logo

वर्षा गराउने मौसम प्रणाली नेपालबाट बहिरियो


2.7k
Shares

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको जनाएको छ । महाशाखाकी प्रवक्ता विभूति पोखरेलका अनुसार मनसुन कमजोर हुँदै मौसममा सुधार आएको छ ।

The current image has no alternative text. The file name is: KTM-1.gif

असोज १७ साँझदेखि १९ बिहानसम्म मनसुन सक्रिय रहँदा मधेश, बागमती र कोशी प्रदेशमा भारीदेखि अति भारी वर्षा भएको थियो । यस अवधिमा रौतहटको महेशपुरमा सबैभन्दा बढी ३५८ मिलिमिटर वर्षा मापन भएको छ । पर्साको मुडलीमा ३२८.६, इलामको हिमाली गाउँमा ३३२.६, कन्यामटीमा ३१४.२ र गौरमा ३१५ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

असोज १९ बिहान ८:४५ सम्म २९५ वर्षा मापन केन्द्रमध्ये १८६ मा वर्षा भएको थियो, जसमध्ये १०५ केन्द्रमा ५० मिलिमिटर, ६८ मा १०० मिलिमिटर, २१ मा २०० मिलिमिटर र ५ केन्द्रमा ३०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।

अविरल वर्षाले बागमती, त्रिशुली, पूर्वी राप्ती, लालबकैया, कमला लगायतका नदीहरूमा जलसतह सतर्कता तह पार गरेको थियो, तर हाल घट्दो छ । सप्तकोशी र यसका सहायक नदीहरू तमोर, सुनकोशी र अरुणले खतरा तह पार गरे पनि घट्दो अवस्थामा छन् ।

कोशी नदीको चतरा केन्द्रमा बहाव खतरा तह नजिक रहेकाले तटीय क्षेत्रका बासिन्दालाई मध्यान्हसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्