सिरहा । सिराहामा आपसी विवादको क्रममा घर भत्काइदिएपछि वडाध्यक्ष पक्राउ परेका छन् । कल्याणपुर नगरपालिका–८ का रामकिशोर यादव पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई शुक्रबार नै पक्राउ गरेको हो । वडाध्यक्षसहित १३ जनाविरूद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी अनन्तराज शर्माले बताए । उनका अनुसार सोमबारसम्म वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन् । बाँकीको खोजीकार्य भइरहेको छ ।
दसैंमा दुर्गा पुजाको क्रममा सोही वडाका दलित समुदायसँग विवाद हुँदा अनधिकृत जग्गामा बसेका ४/५ वटा घर भत्काइको थियो । सोक्रममा लुटपाट समेत भएको भन्नेकुरा आएको बताउँदै उनले भने, ‘त्यस विषयमा अनुसन्धान गरिरहेका छौं ।’














