काठमाडौं । सुदन गुरुङले जेनजी आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ नगरे आफूहरूले ‘सडकबाटै देखाइदिन्छौँ’ भनेर धम्की दिएको समाचार झुटो भएको भएको बताएका छन् ।

उनले फेसबुक मार्फत भनेका छन्, ‘नक्कली समाचार चेतावनीस् यो सत्य होइन र हाम्रो आधिकारिक च्यानलबाट प्रमाणित समाचार मात्र विश्वास गर्नुहोस् ।’
यद्यपि जेनजी आन्दोलनमा अन्धाधुन्ध गोली चलाएर बालबालिकारयुवाको हत्या गरेको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्न जेनजी टोलीले सरकारलाई दबाब दिइरहेको छ । सुदन गुरुङले सामाजिक सञ्जालमा पनि ओली र लेखकलाई गिरफ्तार गर भन्ने अभियान चलाइरहेका छन् । तर त्यसरी सडकबाटै देखाइदिने धम्की दिएको भनी गरिएको हल्ला भने सत्य नभएको दाबी गुरुङले गरेका हुन् ।









