Logo
Logo

इन्द्रकुमारीको स्वरमा ‘उदासै छ कि…’(भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ असोज । लामो समयदेखि विभिन्न लघुचलचित्र निमार्ण गर्दै सामाजिक सचेतना अभियानमा सक्रिय मौलिक टिभी युनिटले यसपटक म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
सञ्चारकर्मी देशराज नेम्बाङको शब्द रहेको ‘उदासै छ कि तिम्रोचाहिँ संसार कसरी चल्दैछ’ बोलको गीतको भिडियो सार्वजनिक गरेको हो । बरिष्ठ संगीतकार विशाल राईको संगीत एवं गायिका इन्द्रकुमारी सम्बाहाम्फेको स्वर रहेको उक्त गीतको भिडियोलाई निरन राईले निर्देशन, छायाँङकन र सम्पादन गरेका छन् ।
प्रस्तुत भिडियोमा जीवनका विभिन्न बाध्यता र विवशताले छुटिनु परेको मायालु जोडीले आफ्नै घरगृहस्थी चलाइरहेपनि मायालुको सम्झनामा कसरी पीडा हुन्छ ? भन्ने भाव उजागर गर्न खोजिएको छ । भिडियोमा कलाकारहरु देशराज नेम्बाङ, गंगा लिम्बु, सुरज जबेगु, सुमीजंग राना र दियाना आङ्देम्बे फियाकको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्