Logo
Logo

एकीकृत समाजवादीको भर्चुअल बैठक स्थगित


441
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले आज बिहीबारका लागि भर्चुअल बैठक तय गरेको थियो ।

उक्त बैठक स्थगित गर्दै कात्तिक १२ र १३ मा फिजिकल केन्द्रीय कमिटी बैठक बस्ने तय भएको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।

समाजवादी मोर्चामा रहेका दलहरूबीच पार्टी एकताको गृहकार्य भइरहेका बेला सो पार्टीले पूर्वनिर्धारित बैठक स्थगित गरेको हो । एकीकृत समाजवादीमा माओवादी केन्द्रसँग पार्टी एकताबारे मतभेद रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्