Logo
Logo

निराशा बोकेर फर्किए विपिनको आमा र बहिनी


1.6k
Shares

काठमाडौं । विपिन जोशीका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी स्वदेश फर्किएका छन् । इजरायल र हमासबीचको युद्धको समय हमासले बन्धक बनाएका जोशीलाई खोज्न अमेरिकासम्म पुगेका बहिनी र आमा निराशा बोकेर फर्किएका हुन् ।

इजरायल र हमासबीचको युद्धका समयदेखि विपिन वेपत्ता रहेका थिए । उनको अवस्था पत्ता लगाइदिन आग्रह गर्दै आमा र बहिनी अमेरिका पुगेका थिए । तर, ती दुई देशबीच युद्धविराम भएको घोषणापछि विपिन जीवित नरहेको सार्वजनिक भएको थियो ।

हमासले उनको शव इजरायललाई बुझाइसकेको छ । पोस्टमार्टम रिपोर्टमा विपिनको हत्या सन् २०२३ अन्तिमतिर नै भएको देखाएको इजरायली मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्