
काठमाडौं । बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएका छन् । बस्नेतको पहलमा ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको हो ।
पार्टीको अध्यक्षमा समाजशास्त्री दिनेश प्रसाईं तथा महासचिवमा पियुस कायस्थ रहेका छन् । बस्नेत भने सदस्यको रुपमा रहेका छन् ।
पार्टीको ‘स्लोगन’मा ‘सबै मिलौँ, देश बचाऊँ, देश बनाऊँ’ राखिएको छ । जेन–जी आन्दोलनभन्दा पहिला नै राजनीतिमा सक्रिय हुने सोचमा रहेका बस्नेत अहिले भने दल खोलेर राजनीतिमा देखिएका हुन् ।










