Logo
Logo

कांग्रेस केन्द्रीय समिति बैठकका लागि ८ एजेन्डा तय


504
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकका लागि ८ एजेन्डा तय भएका छन् । बिहीबार बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले ८ एजेन्डा तय गरेको हो ।

एजेन्डामा जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम सम्बन्धमा छ भने दोस्रो एजेन्डाका रूपमा पार्टीको १५ औँ महाधिवेशन राखिएको छ । 

बैठकका प्रस्तावहरू

१.जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम सम्बन्धमा ।
२. पार्टीको पन्ध्रौँ महाधिवेशन तयारी सम्बन्धमा ।
३. प्रतिनिधि सभा विघटन र घोषित फागुन २१ को निर्वाचन सम्बन्धमा ।
४. तोडफोड र आगजनीबाट भग्नावेस भएका केन्द्रीय कार्यालय लगयातका मुलुकभरका विभिन्न कार्यालयहरूको पुनः निर्माण सम्बन्धमा ।
५.मुलूकको शान्ति सुरक्षा एवं सुशासनको अवस्था सम्बन्धमा ।
६. प्राकृतिक विपद् र क्षतिपूर्ति तथा पुनः निर्माण सम्बन्धमा ७. कार्यसम्पादन समितिको निर्णय सम्बन्धमा ।
८.विविध ।

प्रतिक्रिया दिनुहोस्