Logo
Logo

कांग्रेस केन्द्रीय समिति बैठक भोलि बिहान ११ बजे पुनः बस्ने


441
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि बिहान ११ बजे पुनः बस्ने गरी आज स्थगित भएको छ । कांग्रेस नेता प्रकाशशरण महतका अनुसार भोलिको बैठकले थप छलफल अघि बढाउनेछ ।

The current image has no alternative text. The file name is: Mahat.jpg

आजको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका लागि प्राप्त हस्ताक्षरबारे जानकारी गराएका थिए । विशेष महाधिवेशनको माग गर्नेहरूको जोड नियमित महाधिवेशनमा केन्द्रित रहेको र यसमा समझदारी बन्ने उनले बताए ।

बैठकमा संस्थापनइतर नेता डा। शेखर कोइराला, केन्द्रीय सदस्यहरू मोहन बस्नेत, राजीव कोइराला लगायतले आ–आफ्नो धारणा राखेका थिए । केन्द्रीय समितिको बैठक गत २८ असोजदेखि सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्