Logo
Logo

एमाले बैठक : तेस्रो दिनको छलफल सुरु


252
Shares

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ । बैठक ललितपुरको जावलाखेलमा सुरु भएको हो ।

यही असोज २९ र ३० गते बसेको बैठकमा बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आज आ–आफ्नो धारणा राख्नेछन् । यस अघि करिब २०० केन्द्रीय सदस्यले आआफ्नो धारणा राखेका थिए ।

आजको बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरुले आफ्ना धारणा राख्ने प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेमा स्थायी र पदाधिकारीसहित ९९ नेताहरु रहेका छन् ।

स्थायी र पदाधिकारीलाई पनि तीन मिनेटकै समय उपलब्ध गराइएको छ । सबैले आफ्नो धारणा राखेपछि अन्त्यमा अध्यक्ष ओलीले प्रतिवेदनमाथिको सुझावको एकमुष्ट जवाफ दिएर बैठक समापन गरिने छ ।

अध्यक्ष ओलीको विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरुले दिएका सुझाव, वर्तमान राजनीतिक परिस्थिति पार्टीको आगामी बाटो र पार्टीका नेता कार्यकर्ताको भूमिका आदिका बारेमा निर्देशन दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्