Logo
Logo

बंगलादेशमा शेख हसिनालाई मृत्युदण्ड दिन माग


441
Shares

एजेन्सी । बंगलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग गरिएको छ ।

गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा भएका प्रदर्शनहरूलाई दबाउन मानवताविरुद्धको अपराध गरेको आरोप खेपिरहेकी उनलाई अभियोजन पक्षले मृत्युदण्ड दिन माग गरेको हो ।

बंगलादेशमा विद्यार्थीहरूको उक्त प्रदर्शन निकै हिंसात्मक भएको थियो, जसमा सुरक्षा बलको कारबाहीमा करिब १,४०० मानिसको मृत्यु भएको थियो ।

यसलाई सन् १९७१ को बंगलादेशको स्वतन्त्रता संग्रामपछिको सबैभन्दा भयानक हिंसा मानिन्छ।
यस हिंसापछि शेख हसिना सत्ताबाट बाहिरिनु परेको थियो । हसिना हाल भारतमा शरण लिएर बसेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्