
काठमाडौं । प्रहरी प्रधान कार्यालयले दुई जिल्लाका प्रहरी उपरीक्षक (एसपी)को हेरफेर गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा र रौतहटका एसपीहरूलाई हेरफेर गरिएको हो । धनुषामा नयाँ एसपीको रुपमा मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत रुगम कुवँरलाई पठाइएको छ ।
यसअघि करिब ६ महिनादेखि धनुषाको एसपीको रूपमा नरहरि रेग्मी थिए । त्यस्तै रौततहटका एसपी नेत्रमणि गिरीको ठाउँमा पनि नयाँ एसपी रवीन कार्कीलाई पठाइएको छ । कार्की काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत थिए ।











