
काठमाडौं । नेपाल प्रहरीका डीएसपी भोलाकुमार भट्टले पूर्ण शान्ति पुरस्कार पाएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत भट्टले यस वर्षको पूर्ण शान्ति पुरस्कार प्राप्त गरेका छन् ।
७०औं प्रहरी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले भट्टलाई पूर्ण शान्ति पुरस्कार प्रदान गरे ।
भट्ट रामेछाप जानुअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालमा थिए । त्यहाँ उनी फरार अभियुक्त पक्राउमा खटिएका थिए ।











